देश
काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै सात लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–१ घर भएकी ४७ वर्षीया छिरिङ डोमा शेर्पा छन् ।
छिरिङ डोमाले एक पुरुषलाई वर्किङ भिषामा क्यानडा जानका लागि १४ लाख रुपैयाँ लाग्ने र क्यानडा पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र दुई लाख भन्दा बढी तलब हुन्छ भन्दै ठगेको पाइएको छ ।
प्रलोभनमा पारी नगद ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर अत्तरखेलबाट पक्राउ गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९ १७:४१
प्रतिक्रिया दिनुहोस्