site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राजस्व छली ल्याएको सुर्तीजन्य पदार्थ भण्डारण गरी कारोबार गर्ने चारजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौ । भारतबाट राजस्व छली कच्चा सुर्ती ल्याएर भण्डारण गरी कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–११ बस्ने सिन्धुली तिनपाटन गाउँपालिका–६ का ५६ वर्षीय पोष्टराज गौतम, ललितपुर महानगरपालिका–३ धोवीघाट बस्ने मोरङ विराटनगर महानगरपालिका–१२ का ५३ वर्षीय सुरेश पोख्रेल, काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने सर्लाही विष्णु गाउँपालिका–३ घर भएका ४४ वर्षीय दिनेश चौधरी र काठमाडौं सिनामंगल घर भएका ३८ वर्षीय अरबिन्द अग्रवाल रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न पोष्टराजलाई काठमाडौं पेप्ससीकोला र दिनेशलाई कुलेश्वरबाट पक्राउ गरेको हो ।

राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले नख्खुस्थित फुलबारी मार्ग, भैँसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको दुईवटा गोदाम र अफिस तलासी गर्दा राजस्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा सुर्ती करिब २० हजार २०० केजी र तयारी सुर्ती करिब ८ हजार केजी भण्डारण गरी राखेको अवस्थामा फेला पारेको हो । उक्त गोदाम राजस्व अनुसन्धान विभाग र स्थानीय जनप्रतिनिधिको रोहबरमा सिल गरिएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय