site stats
बाह्रखरी :: Baahrakhari
देश
सिधाकुरा अदालतको अवहेलना मुद्दा : सर्वोच्चले माग्यो अडियोमा नाम पोलिएकाहरूको लिखित जवाफ 

काठमाडौं । सर्वोच्च अदालतलले सिधाकुरा डटकममा प्रसारित अडियोमा नाम उल्लेख भएकाहरूको लिखित जवाफ माग्ने आदेश गरेको छ । न्यायाधीशहरू हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले नाम पोलिएकाहरूको लिखित जवाफ माग्ने आदेश गरेको हो । 

अदालतको अपहेना मुद्दाका प्रतिवादीहरू नविन ढुंगाना, युवराज कँडेल र राजकुमार तिमिल्सिनाले बयानका क्रममा नाम लिएका अन्नपूर्ण पोष्टका अध्यक्ष रामेश्वर थापा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहिया, वरिष्ठ अधिवक्ता हरि उप्रेती, अधिवक्ता किशोरकुमार विष्ट, अन्नपूर्ण पोष्टका पत्रकार सुरेन्द्र काफ्लेलाई प्रतिवादी त्रयले दिएको बयानसहित पठाएर सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेशमा भनिएको छ । 

Argakhachi Cement Island Ad

यस्तै, प्रतिवादी राजकुमार तिमिल्सिनाले रेकर्ड गरेको 'ओरिजिनल डिभाइस' र उनले पठाएको भनिएको इमेल पनि सात दिनभित्र पेस गर्न लगाउन पनि आदेश भएको छ । प्रतिवादी तीनैजनालाई साधारण तारिखमा राख्ने आदेश भएको छ । अर्को पेसी जेठ ४ गतेका लागि तोकिएको छ ।

sidhakura-1714999351.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्