site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कपिलवस्तुमा सम्बन्ध बिच्छेदका घटना बढ्दै, एक वर्षमा ५१२ मुद्दा दर्ता
Siddhartha BankSiddhartha Bank

बुटवल । कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन् । नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा झनै वृद्धि भएको हो । नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने भएपछि मुद्दाको संख्या बढदै गएको हो ।

अदालतको अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा कुल ५१२ सम्बन्ध विच्छेदका मुद्दाको लगत थियो । त्यसमध्ये ३७८ फर्छौट भई १३४ अर्को वर्षका लागि जिम्मेवारी सरेको छ । २०७७/०७८ मा २६८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए । 

Prabhu Bank
Agni Group
NIC Asia

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १७१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । कोरोना कालमासमेत सम्बन्ध विच्छेदका मुद्दामा भने कमी आएको छैन । 

घरको व्यवहार र खटपट सहन नसकेपछि नालिस गर्न आउनेको संख्या दैनिक बढदै गएको छ । महिलाहरु आफैँ वा कुनै माध्यमबाटै र पुरुषहरु अदालतसम्म पुग्ने गरेका छन् । अधिकांशको सम्बन्ध ३ देखि ५ वर्षमा टुंगिने गरेको छ । 

Global Ime bank

अदालतमा आएका घटनालाई विश्लेषण गर्दा १८ देखि २८ वर्षका दम्पत्ती बढी छुट्टिने गरेका छन् । कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहुँदै टुट्ने गरेको छ ।

अधिकांश प्रेम विवाह गरेकाहरु नै सम्बन्ध विच्छेद गर्न आउने गरेको अदालत प्रशासनले जनाएको छ। “केटाले बाँड्ने ठुलठूला सपना पूरा नहुँदा समस्या बढिरहेको छ,” अधिबक्ता चक्रबहादुर क्षेत्रीले भने, “युवा अवस्थामा केटाकेटी यर्थाथ भन्दा भावनामा बहकिन्छन् । जुन पछि पूरा नहुँदा पारिवारिक वेमेल उत्पन्न भई सम्बन्ध विच्छेद बढदो छ ।” 

लहलहैमा विवाह गर्ने सख्या बढेको बताउँदै अधिवक्ता क्षेत्री भन्छन्, “कलिलोमा विवाह गर्यो, बुझने भएपछि धेरै कुरामा असमझदारी हुन्छ । किचलो हुन थालेपछि घरेलु हिंसा र यातना बढ्ने गरेको छ । त्यसपछि सम्बन्ध विच्छेदका लागि अदालत आउने गर्छन् ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement