देश
काठमाडौं । स्कुल बस निर्देशिका, ०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनका चालकमाथि कारबाही गरिएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा १६ स्कुल बसलाई विभिन्न कसुरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियमानुसार कारबाही गरिएको हो ।
विभिन्न स्कुलका पाँच चालकहरूले मादकपदार्थ सेवन गरी स्कुल बस चलाएको समेत भेटिएको ट्राफिक प्रहरीले जनाएको छ ।
चेकजाँच अभियानलाई निरन्तर सञ्चालन गरिने उपत्यका ट्राफिक प्रहरीका एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९ १२:१८
प्रतिक्रिया दिनुहोस्