site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडाैंमा १८ हजार कुकुरकाे बन्ध्याकरण, २२ हजार कुकुरलाई रेबिज खोप
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडाैं । महानगरीय कुकुर व्यवस्थापन कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाभित्र १८ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।

यहाँ आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा ‘काठमाडौं महानगरपालिका’ र ‘द जाने गुडल इन्स्टिच्युट’को समन्वय र सहकार्यमा सन् २०१६ देखि अहिलेसम्म २२ हजार कुकुरलाई रेबिज खोप लगाइएको कार्यक्रमका संयोजक वसन्त गौतमले जानकारी दिए ।

Agni Group
NIC Asia

जनावर, वातावरण संरक्षण तथा समाज कल्याणका क्षेत्रमा क्रियाशील उक्त इन्स्टिच्युटले रेबिजको आशङ्का भएका करिब ५०० कुकुरको परीक्षण गरेको जनाएको छ ।

महानगरपालिकाका प्रत्येक वडामा कुकुर व्यवस्थापनका लागि इन्स्टिच्युटले स्थानीय समुदायको सहभागितामा आधारित कार्य सञ्चालन गर्न ३२ वटै वडामा प्रत्येक वडाध्यक्षको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरी कार्य गर्दै आएको छ ।

Global Ime bank

मानव स्वास्थ्य, बालमनोविज्ञान तथा वातावरणमा नकारात्मक प्रभाव पर्न नदिन जनचेतनामूलक कार्यसमेत सञ्चालन भएको जनाइएको छ ।

अधिवक्ता सञ्जय अधिकारीले व्यवस्थापनका सन्दर्भमा जनावरलाई कम पीडा हुने विधि सञ्चालन गर्न सर्वोच्च अदालतले फैसला गरेको जानकारी दिए ।

महानगरपालिकाले चालु आवमा कुकुर व्यवस्थापनका लागि एक करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकम गत आवको तुलनामा ६० लाख रुपैयाँ बढी हो ।

महानगरभित्र घरपालुवा कुकुरको सङ्ख्या करिब ८४ हजार रहेको जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  २३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय