site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिमाको साढे दुई करोड रुपैयाँ लिन नक्कली विवाह गरेर 'योजनाबद्ध हत्या', ६ जना पक्राउ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बिमाको पैसाका लागि नक्कली विवाह गरेर एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

सवारी दुर्घटनामा मृत्यु भएको भनिएका बाँके कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय सर्जन बिकको नाममा गरिएको सावधिक जीवन बिमा र म्यादी जीवन बिमाबापतको दुई करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरूले दुई करोड ५० लाख रुपैयाँ बिमा रकमका लागि नक्कली विवाह गरेर हत्या गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–२ बस्ने २१ वर्षीया सपना मल्ल, स्याङ्जा वालिङ नगरपालिका–६ का ३१ वर्षीय सञ्जिव अर्याल, कोहलपुर नगरपालिका–१५ बस्ने ३२ वर्षीय सरदार अहमद खाँ, बाँके बैजनाथ गाउँपालिका–८ वतन भएका ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, कोहलपुर नगरपालिका–११ बस्ने ३८ वर्षीय दिपक केसी र कोहलपुर नगरपालिका–१  बस्ने  २१ वर्षीया ललिता सापकोटा रहेका छन् ।

बैजनाथ गाउँपालिका–६ लालपुरस्थित भित्री सडकमा टोपबहादुरले चलाएको भे.१ ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट सर्जन गम्भीर घाइते भएका भएका थिए । सर्जन भे.१० प १७२७ नम्बरको मोटरसाइकलमा सवार थिए । त्यसपछि सर्जनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

Royal Enfield Island Ad

मृतकको बिमाबापतको रकम रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट मृतककी श्रीमती सपना मल्लले बुझेकी थिइन् । उनले कामना सेवा विकास बैंक कोहलपुर शाखाको बैंक खातामा जम्मा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सो रकम बाँडफाँट भएको प्रहरीको भनाइ छ । सर्जनको सवारी दुर्घटनामा भएको मृत्यु शंकास्पद देखिएको भन्दै अनुसन्धानका लागि नेपाल पुनेर्बिमा कम्पनीले प्रहरीमा उजुरी दिएको थियो ।

त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोमबार पक्राउ गरेको थियो ।

त्यस्तै सन्जीव, सरदार अहमद, टोप बहादुर, दिपक र ललितालाई बाँके कोहलपुरबाट बुधबार पक्राउ गरेको थियो ।

घटनाबारे थप अनुस्धान भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro