site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गायिका दिलमाया सुनारका हत्या आरोपित श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्यामा संलग्न रहेको आरोप लागेका उनका प्रेमी खिलबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

महानगरीय प्रहरी परिसरकाअनुसार उनलाई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा पठाइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सुर्खेत गुर्भाकोट नगरपालिका २ की ३३ वर्षीया दिलमाया गत असार ११ गते काठमाडौंको तार्केश्वर नगरपालिका ११ नेपालटारस्थित डेरामा मृत फेला परेकी थिइन् । मृत फेला पर्नुअघिको राति उनको फेसबुकमा एउटा स्टाटस लेखिएको थियो । 

बालाजुबाट अनुसन्धान अधिकृतसहितको प्रहरी नायव उपरीक्षकको टोली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा क्रममा मृतकको घाँटीमा डाँमजस्तो देखिएपछि घटना शंकास्पद बनेको थियो । त्यसलगत्तै प्रेमी भनिएका श्रेष्ठ फरार भएका थिए । 

Royal Enfield Island Ad

प्रहरीको अनुसन्धानबाट सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका घर भएका श्रेष्ठ दिलमायाको कोठामा सँगै बस्ने गरेको खुलेको थियो । उनीहरू करिब ८ महिनादेखि सँगै बसेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

त्यसपछि श्रेष्ठलाई नेपालटारबाट प्रहरीले पक्राउ गरेको थियो ।

मृतक दिलमायाका बुवाले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro