site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विश्वराज पोखरेलको ठाउँमा को बन्ला एआईजी ? यी हुन् दाबेदार
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिएपछि उनको स्थानमा एआईजी बन्न दौडधुप सुरु भएको छ ।

धीरजप्रताप सिंहलाई सरकारले आईजीपी नियुक्त गरेपछि एआईजी पोखरेल सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले उनको रिट खारेज गरेपछि उनले राजीनामा दिएका थिए ।

राजीनामा दिएसँगै उनको स्थानमा एआईजी बन्न सिनियर र जुनियर ब्याचका डीआईजीहरु प्रतिस्पर्धामा छन् । जुनियर ब्याचका डीआईजीहरु शक्तिकेन्द्र धाउन थालेका छन् । अहिले एआईजी बन्न पाए हालका आईजीपी धीरजप्रताप सिंहको अवकाशपछि आईजीपी बन्न पाइने भएकाले दौडधुप तिव्र पारेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसका लागि प्रधानमन्त्री निकटका व्यक्तिहरु समेत सक्रिय छन् । पछिल्लो समय प्रहरी सरुवा, बढुवामा सत्तासँग निकट व्यापारीको चलखेल बढी हुने गरेको छ ।

रिक्त एक एइर्आजीका लागि २० डीआईजी दौडमा छन् । वरीयता नमिचिए आईजीपीकै ब्याचका तीनजना डीआईजीमध्ये एकजना एआईजी हुनेछन् ।

Global Ime bank

तर, वरीयता मिचिए प्रधानमन्त्री निकट व्यक्ति नै एआईजी हुने सम्भावना छ । यस्तोमा जुनियर ब्याचका केही डीआईजीको नाम चर्चामा छ ।

एआईजीको दौडमा आईजीपीका ब्याची डीआईजीहरु नलप्रसाद उपाध्याय, महसुद आलम खाँ र मोहन आचार्य छन् ।

यसबाहेक केही समयअघि बढुवा भएका डीआईजीसमेत दौडमा छन् । सक्रियता समेत उनीहरुकै बढी देखिन्छन् । एआईजी बढुवामा बसन्त कुवँर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा र श्यामलाल ज्ञवालीको समेत चर्चा छ ।

पोखरेलको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत भएमा मात्रै नयाँ एआईजी बढुवाको प्रक्रिया सुरु हुनेछ । ६ साउनअघि पोखरेलको राजीनामा स्वीकृत नभएका कारण अब असोज २२ पछि मात्रै बढुवा प्रक्रिया अगाडि बढ्नेछ ।

प्रहरी नियमावलीमा ६ साउनदेखि २१ असोजसम्म कार्यसम्पादन मूल्यांकन फारम भरिने हुँदा सो अवधीमा बढुवा हुँदैन । तर, २२ असोजपछि प्रहरीमा दुई र कात्तिकसम्म चार एआईजीको दरबन्दी रिक्त हुनेछ ।

उमेरहदका कारण अहिलेका तीनजना एआईजी अनिवार्य अवकाशमा जानेछन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !