site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाल्पा बस दुर्घटनामा मृत ६ जनाकै सनाखत, आठजना डिस्चार्ज, एकको अवस्था गम्भीर  

काठमाडौं । पाल्पाको लघुवामा भएको बस दुर्घटनामा मृत्यु हुने ६ जनाकै सनाखत भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना ६ जनाको मृत्यु भएको थियो । १७ जना घाइते भएका थिए । 

मृत्यु हुनेमा रुपन्देही देवदह ७ की दिलकुमारी कामी, गुल्मी मुसिकोट ४ का लालबहादुर राना, बागलुङ बडिगाडकी ओमकला थापा, कपिलवस्तु वाणगंगा २ का यमबहादुर सोमै, गुल्मी चन्द्रकोट ८ का प्रवेश काफ्ले, नवलपरासी वर्दघाटकी पूर्णिमा कामी रहेका छन् । 

जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार एकजना घाइतेको अवस्था गम्भीर छ । “बाँकी १६ जना घाइते मध्ये ८ जना डिस्चार्ज भइसकेका छन् । आठजना घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । उनीहको अवस्था सामान्य छ,” डीएसपी थापाले भने । 

घाइते हुनेमा बस चालक रुपन्देही कञ्चन गाउँपालिका वडा ५ किसन श्रीस, कपिलवस्तुको वाणगंगा नगरपालिका २ का पिताम्बर रेग्मी, गुल्मी सत्यवती गाउँपालिका ६ खैरेनीका छविलाल ढकाल, सोही ठाउँकै पुजन ढकाल, बाग्लुङ ढोरपाटन नगरपालिका टेकलाल रसाइली, रौतहटको बृन्दावन गाउँपालिका ७ का संजयकुमार ठाकुर, म्याग्दी रुपा गाउँपालिका ४ कीसुमित्रा रोका, विश्वास रोका, रुपन्देही देवदह नगरपालिका ७ का खड्कबहादुर विक, बाग्लुङ बडीगाड गाउँपालिका १० का सिजन थापा, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नंं ११ कालिकानगरका गोविन्द थापा, गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं. ८ मझुवाकी प्रियंका काफ्ले, सोही ठाउँकै रचना सुवेदी, रिया सुवेदी र गुल्मी चन्द्रकोटका चन्द्रबहादुर कामी छन् । 

बस करिब २५० किलोमिटर तल खोलामा खसेको थियो । आइतबार साँझ दुर्घटनामा परेको बसमा चालकसहित २३ जना यात्रु सवार थिए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro