site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इन्द्रजात्रामा सार्क राष्ट्रसहित २५ नगरका मेयरलाई निमन्त्रणा गरिने  
Sarbottam CementSarbottam Cement

काठमाडौं । यस वर्षको इन्द्रजात्रा अवलोकनका लागि अन्तरर्राष्ट्रिय नगरका प्रमुखहरूलाई निमन्त्रणा गर्न काठमाडौं महानगरपालिकाले तयारी थालेको छ । साउन १ गतेको छैटौं कार्यपालिका बैठकले यस विषयमा निर्णय गरिसकेको छ । निर्णय कार्यान्वयनका लागि महानगरका मेयर बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मूल समारोह समिति हुनेछ । त्यस समितिमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू सदस्य रहनेछन् ।   

आइतबार मेयर शाहको अध्यक्षतामा बसेको तयारी बैठकमा कार्यान्वयन समिति गठन गरिएको छ । समितिमा प्रशासन, वित्त र सम्पदा विभाग, हनुमानढोका दरबार संरक्षण कार्यक्रम र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय रहेका छन् । 

यसवर्ष भदौ २४ गते शुक्रबार इन्द्रजात्रा परेको छ । यो जात्रा हेर्न महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुकह (सार्क राष्ट्र) बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरबाट प्रमुखहरूलाई निमन्त्रणा गर्ने तयारी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुखहरूका साथमा चारजना अधिकारीहरूलाई निम्ता दिइनेछ । यसरी २५ वटा नगर प्रत्येकबाट चारजना सहभागी आउँदा एक सयजना पाहुना आउनेछन् । 

२०७६ सालको इन्द्रजात्रामा ६ वटा देशका १३ वटा नगरलाई निम्ता गरिएको थियो । तीमध्ये पाँचवटा देशका ११ वटा नगरबाट चारजना मेयर, उपमेयर÷उपाध्यक्षसहित ४१ जना पाहुना सहभागी भएका थिए । त्यसपछिका वर्षमा कोभिड–१९ संक्रमणका कारण अन्तर्राष्ट्रिय सम्बन्ध भएका कुनै पनि नगरबाट कसैलाई पनि बोलाइएन । 

Global Ime bank

महानगरको भगिनी सम्बन्ध 

महानगरले देशभित्रका पाँचवटा र अन्तर्राष्ट्रिय स्तरका १८ वटा नगरसँग भगिनी सम्बन्ध छ । डडेल्धुराको अमरगढी नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासी, वर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका आन्तरिक सम्बन्ध भएका नगरपालिका हुन् । 

अन्तर्राष्ट्रिय नगरहरूमा चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी सातवटा नगर महानगरको भगिनी सम्बन्ध भएका सहर हुन् । 

धेरै सहरसँग  भगिनी सम्बन्ध भएका देशहरूमा चीन पहिलो हो । चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर गरी चारवटा नगरसँग भगिनी सम्बन्ध छ । 

यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, मान्मारको यांगुन, उत्तर कोरियाको प्योङ्याङ्, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ । थाइल्यान्डको बैंककसँग सम्बन्ध स्थापनाको प्रक्रिया अन्तिम चरणमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !