site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
श्रीमतीको हत्या गरी भाग्न खोज्दा लडेर श्रीमान्‌को मृत्यु    
सांकेतिक तस्बिर

चितवन  । भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमान्‌को समेत मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०:२५ बजेको समयमा स्थानीय ४५ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण ३५ वर्षीया श्रीमती रुश्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए । 

श्रीमतीको उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन् । श्रीमतीलाई आक्रमणपछि घरको तेस्रो तलाबाट भाग्न खोज्दा हामफालेका कृष्णप्रसादको उपचारको क्रममा रातिनै चितवन मेडिकल कलेजमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको राससले लेखेको समाचारमा उल्लेख छ ।     

घरायसी झगडाका कारण घरको तेस्रो तल्लाको बैठक कोठामा श्रीमान्ले श्रीमतीलाई धारिलो हतियार प्रयोग गरेको प्रहरीले जनाएको छ ।     
 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro