site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालकुमारीमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ललितपुरको बालकुमारी, खरिबोटमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । एक युवती घाइते छिन् ।

ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालक २३ वर्षीया रेखा मगरको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन घर भएकी रेखा ललितपुरकै झम्सीखेलमा बस्दै आएकी थिइन् ।

घाइते भएकी स्कुटरमा पछाडि सवार ललितपुरकै धोबीघाट बस्ने २३ वर्षीया सकुन्तला घर्तीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

आज बिहान करिब सवा ३ बजे ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा४५प १३४५ नम्बरको स्कुटरलाई नम्बर नखुलेको जीपले ठक्कर दिएको थियो । दुर्घटनापश्चात् जीपसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी वृत्त सातदोबाटेले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro