site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रिचन्द्र क्याम्पसको जीर्णोद्धार तत्काल थाल्न प्रधानमन्त्रीको निर्देशन 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिचन्द्र क्याम्पसको जीर्णोद्धारका लागि तत्काल बजेट व्यवस्थापन गरी काम सुरु गर्न निर्देशन दिएका छन् ।

उनले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, मुख्यसचिव शंकरदास वैरागी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटा, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासनी, शिक्षासचिव रामकृष्ण सुवेदी र पुरातत्त्व विभागका अधिकारीलगायत सरोकारवाला निकायका पदाधिकारीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

क्याम्पस जीर्णोद्धारका लागि सरकारले तत्काल ७० करोड रुपैयाँ उपलब्ध गराउन लागेको मन्त्री पौडेलले जानकारी दिए ।

सरकारले उपलब्ध गराउने सो रकमबाट क्याम्पसको पुरानो भवनको केही भाग जीर्णोद्धार तथा केही भाग नयाँ बनाइनेछ । त्रिचन्द्र क्याम्पसको घण्टाघर रहेको भवन पुरानै निर्माण सामग्री प्रयोग गरेर पुनर्निर्माण गर्न भवन विभागले प्रक्रिया सुरु गरिसकेको छ ।

Global Ime bank

स्रोत सुनिश्चित नभएका कारण रोकिएको पुनर्निर्माणको काम प्रधानमन्त्रीको निर्देशनपछि अघि बढ्ने बाटो खुलेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !