देश
काठमाडौं । हाल काठमाडौंसहित देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौंका केही स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको हो ।
काठमाडौंका कतिपय स्थानमा अहिले पनि वर्षा भइरहेको र केही स्थानमा भने रोकिइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले वर्षा भइरहेका केही स्थानमा पनि अब पानी पर्न रोकिनेछ । अपराह्नपछि भने पुनः वर्षा हुने सम्भावना रहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
महाशाखाका अनुसार आज देशभर बदली र वर्षा हुनेछ ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ ०६:४०
प्रतिक्रिया दिनुहोस्