site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एभोकाडोका छन् अनेक फाइदा, पाँच प्रकारका पोषण तत्वहरू पाइन्छन् !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सीएनएन । पछिल्ला केही वर्ष एभोकाडो फलको लोकप्रियता अचानक बढेको पाइन्छ ।  मानिसले यसलाई ब्लेन्ड गरेर, चाना पारेर, टोस्टमा दलेर विभिन्न तरिकाले खान मन पराउँछन् । यो हरियो फल लोकप्रिय बन्दै जानुका पछाडि वास्तवमा राम्रो कारण छ – यसका अनगिन्ती स्वस्थकर फाइदा । 

स्वस्थ जीवनका लागि आवश्यक पर्याप्त पोषण तत्वयुक्त डायटमा एभोकाडोलाई समावेश गर्नु वास्तवमै अधिक लाभदायक रहेको सिएनएनकी न्युट्रिसनविद् लिजा ड्रेयेर बताउँछिन् । 

१. एभोकाडोमा ओमेगा–३ तत्व उच्च मात्रामा पाइन्छ 

KFC Island Ad
Dabur Nepal
NIC Asia

एभोकाडोमा ओमेगा–३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ जसले ‘एलडिएल कोलेस्ट्रोल’ पनि भनिने ‘लो डेन्सिटी लिपोप्रोटिन कोलेस्ट्रोल’ कम गराउन मद्दत गर्दछ । मान्छेको स्वास्थ्यका लागि यसको विपरित, ‘एचडीएल’ कोलेस्ट्रोल चाहिँ राम्रो हुने ड्रेयेर बताउँछिन् । 

तर पनि हाम्रो शरीरमा प्रायः एलडीएल कोलेस्ट्रोल नै बढी हुने गरेको पाइएको छ । यसले स्ट्रोकको खतरा बढाउँछ भने मुटु सम्बन्धी रोग लाग्ने जोखिम समेत वृद्धि गर्छ । 

Royal Enfield Island Ad

२. एभोकाडो ‘पोटासियम’ को उत्तम श्रोत हो 

१०० ग्राम एभोकाडोमा ४८५ मिलिग्राम पोटासियम हुन्छ जसको केरासँग तुलना गर्ने हो भने सय ग्राम केरामा जम्म ३५८ मिलिग्राम पोटासियम हुन्छ । 

पोटासियम तत्वले हाम्रो स्नायु प्रणालीको काम नियमित राख्न मद्दत पुरयाउँछ र पोषण तत्वहरू हाम्रो सेलसम्म पुर्याउँदछ । त्यस्तै उच्च रक्तचाप नियन्त्रणमा पनि पोटासियमको धेरै उपयोगीता भएको ‘अमेरिकी हार्ट असोसिएसन’ ले बताएको छ । सोडियमको मात्रा उच्च हुनुले नै रक्तचाप बढाउँछ र पोटासियमले त्यस किसिमको अतिरिक्त सोडियमलाई पिशाब मार्फत हाम्रो शरीरबाट बाहिर निकाल्न मद्दत गर्दछ । जसपछि रक्तचाप नियन्त्रणमा आउने गर्दछ । 

३. एभोकाडोमा प्रशस्तै मोनोस्याचुरेटेड फ्याट्स पाइन्छ 

‘मोनोस्याचुरेटेड फ्याट’ भनेको त्यस्तो फ्याट हो जसले राम्रो कोलेस्ट्रोल (एचडीएल) लाई कुनै प्रभाव नपारिकन हानिकारक एलडीएल कोलेस्ट्रोललाई कम गर्नमा मद्दत पुर्याउँछ । 

एलडीएल कोलेस्ट्रोलको मात्रा धेरै हुनुले ‘आर्टेरिज’ मा रगतको बहावलाई अवरोध गराउन सक्छ र रगत जम्ने लगायत अन्य जटिल स्वास्थ्य समस्या उत्पन्न गराउँदछ । आर्टेरिजले अक्सिजनयुक्त रगतलाई मुटुबाट शरीरको अन्य भागसम्म पुर्याउने काम गर्छ ।  

४. एभोकाडोमा फाइबर पनि धेरै हुन्छ 

एभोकाडोमा प्रति १०० ग्राममा सात ग्राम फाइबर हुने गर्दछ । फाइबर हाम्रो शरीरका लागि अति आवश्यक तत्व हो । र कम फाइबार भन्दा, धेरै फाइबरयुक्त खाना सेवन गर्नुले हामीलाई लामो समयसम्म भोक लाग्दैन । त्यसैले तौल नियन्त्रणमा केन्द्रित मानिसहरूका लागि एभोकाडो धेरै राम्रो विकल्प हुन सक्छ ।  

५. फोलेट तत्वको धनी हुन्छ एभोकाडो 

यो फलमा फोलेट प्रशस्तै पाइन्छ । युएसडीएका अनुसार प्रत्येक १०० ग्राम एभोकाडोमा ८१ माइक्रोग्रामसम्म फोलेट तत्व हुन्छ ।

फोलेट भनेको बी भिटमिन हो जुन हाम्रो दिमागी विकास र मस्तिष्क सञ्चालनका लागि अधिक महत्वपूर्ण हुन्छ भने स्वस्थ गर्भधारणमा पनि मद्दत पुर्याउने ड्रेयेर बताउँछिन् । 

‘नेस्नल इन्सटिच्युट अफ हेल्थ अफिस फर डाइटरी सप्लिमेन्ट्स’ ले गर्भधारण गर्ने उमेरका सबै महिलाहरूले प्रति दिन ४०० माइक्रोग्राम फोलेट सेवन गर्न सुझाव दिएको छ । त्यस्तै गर्भवती महिलाहरूले चाहिँ यसको सेवन अझ बढाएर प्रति दिन ६०० माइक्रोग्रामसम्म खानुपर्ने बताइएको छ । 

फोलेटले बच्चालाई सामान्य रुपमा बिना कुनै समस्या जन्मिन मद्दत गर्दछ । विशेषगरी गर्भवती भएको सुरुवाती हप्ताहरूमा नवजात शिशुको दिमाग या स्पाइनलाई असर पार्ने समस्या हुनबाट यसले जोगाउँछ । 

यसरी निष्कर्षमा भन्नुपर्दा एभोकाडो पोषण तत्वहरूको अति उत्तम श्रोत हो र दैनिक खानामा यसलाई केही न केही गरि समावेश गराउनुले स्वस्थ जीवनमा योगदान पुर्याउनेछ । सीएनएन 
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro