site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आत्महत्या गर्नेसम्म सोचेका मिथुन

मुम्बई । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्तीलाई नचिन्ने चलचित्रजगत्मा कमै होलान् । उनको ‘डिस्को डान्स’को फ्यान धेरै छन् ।

उनले सन् १९७६ मा चलचित्र ‘मृग्या’बाट बलिउडमा डेब्यु गरेका थिए । पहिलो चलचित्रबाटै उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जिते ।

तर, सफल सुरुवात गरेका मिथुनको फिल्मीयात्रा सहज पक्कै थिएन । उनको करियरमा यति धेरै उतारचढाव आयो कि मिथुनले आत्महत्या गर्नेसम्मको मनस्थिति बनाएका थिए ।

८० र ९० को दशकमा लाखौँ व्यक्तिको मनमुटुमा ‘राज’ गरेका मिथुनले व्यक्तिगत र व्यावसायिक जीवनमा थुप्रै उतारचढाव देखेका छन् । आफ्ना असहज दिनहरू सम्झँदै उनी भन्छन्, “सामान्यतया म यो विषयमा कुरा गर्दिनँ र त्यस्तो कुनै विशेष चरण छैन, जसको बारेमा म कुरा गर्न चाहन्छु । संघर्षको दिनका कुरा नगर्दा राम्रो हुन्छ । किनभने, नयाँ अभिनेता–अभिनेत्रीहरू हतोत्साहित हुनसक्छन् । जो कोही पनि संघर्षको समयबाट गुज्रन्छन् । तर, मेरो संघर्ष धेरै छ ।”

संघर्षका दिनबारे कुरा नगर्ने भन्दाभन्दै उनले आफूले हार खाएका दिनहरू सम्झँदै भने, “कहिलेकाहीँ मलाई लाग्थ्यो कि म आफ्नो लक्ष्य हासिल गर्न सक्दिनँ । मैले आत्महत्या गर्नेसम्मको सोच बनाएको थिएँ । केही कारणले गर्दा म कोलकाता फर्किन पाइनँ । तर, मेरो एउटा सुझाव– बिनालडाइँ आफ्नो जीवन समाप्त गर्नेबारे नसोच्नोस् । म जन्मजात फाइटर हुँ । मलाई कसरी हार्ने भनेर थाहा छैन । आज हेर्नोस्, म कहाँ छु ।”

पछिल्लो चलचित्र ‘द ताशकन्द फाइल्स’ र ‘द कश्मीर फाइल्स’मा उनको अभिनयको खुब तारिफ भयो । उनले थुप्रै बंगाली चलचित्रमा पनि अभिनय गरेका छन् । पाँच दशक लामो करियरमा ३७० भन्दा धेरै चलचित्रमा अभिनय गरेका छन् ।

यद्यपि, मिथुन अहिले पनि छायांकनका बेला नर्भस हुने गरेको बताउँछन् । हरेकपटक छायांकनको पहिलो दिन आफू नर्भस हुने गरेको उनको भनाइ छ । नवभारत टाइम्सबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro