site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हालान्डको गोलमा सिटी विजयी 

काठमाडौं । इर्लिङ ब्राउट हालान्डको गोलमा म्यानचेस्टर सिटीले सिजनपूर्वको मैत्रीपूर्ण खेलमा आइतबार बिहान जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखलाई १–० ले हराएको छ ।

अमेरिका भ्रमणमा रहेको सिटीका लागि १२औँ मिनेटमा हालान्डले गरेको गोल निर्णायक बन्यो । २१ वर्षीय फरवार्ड हालान्ड यसै सिजन जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमन्डबाट सिटीसँग अनुबन्ध भएका थिए । हालान्डले सिटीसँग पाँच वर्षका लागि सम्झौता गरेका हुन् । उनी सन् २०२७ को जुलाईसम्म सिटीमा रहनेछन् ।

हालान्डलाई प्रशिक्षक पेप ग्वार्डिओलाले ४१औँ मिनेटमा बेन्चमा बेलाएका थिए । उनको स्थानमा युलियन अल्भारेज मैदानमा छिरेका थिए । अल्भारेज पनि यसै सिजन सिटीसँग अनुबन्ध भएका हुन् । ग्वार्डिओलाले यसै सिजन अनुबन्ध भएका काल्भिन फिलिप्सलाई पनि ६५औँ मिनेटमा मैदानमा छिराएका थिए । ग्वार्डिओला सिटी आउनुअघि बायर्नका प्रशिक्षक थिए ।

सिटीले यसअघि अमेरिकाको टेक्ससमा अमेरिका फुटबल क्लबलाई २–१ ले हराएको थियो । सिटीले प्रिमियर लिगको खेलअघि लिभरपुलसँग कम्युनिटी सिल्डका लागि प्रतिस्पर्धा गर्नेछ ।

सिटीले वेस्ट ह्यामविरुद्धको खेलबाट नयाँ सिजनको सुरुआत गर्नेछ । बायर्नले बुन्डेसलिगाअघि आरबी लाइपजिगसँग सुपर कपका लागि प्रतिस्पर्धा गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro