देश
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११, कालढुंगामा आज बिहान पहिरो खसेको छ । बिहान करिब साढे ३ बजे पहिरो खसेको जनाइएको छ ।
अविरल वर्षापछि खसेको पहिरोका कारण काभ्रे–सिन्धुली सडकखण्डमा चल्ने सवारीसाधनलाई एक लेनमा आलोपालो सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९ ०९:३०
प्रतिक्रिया दिनुहोस्