site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी नदीमा आज बहाव उल्लेख्य बढ्ने
फाइल तस्बिर ।

काठमाडौं । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज चतरास्थित सप्तकोसी, बुस्तीस्थित तामाकोसी, हम्पचुवारस्थित सुनकोसी नदीमा बहाव उल्लेख्य बढ्नेछ ।

यस्तै, बेत्रावतीस्थित त्रिशूली, आरुघाटस्थित बूढीगण्डकी, विमलनगरस्थित मर्स्याङ्दी, समजीघाटस्थित भेरी, दिपायलस्थित पश्चिम सेती, पारिगाउँस्थित महाकाली र मैनाचुलीस्थित कन्काई नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । अरू केही ठूला नदीहरूमा बहाव सामान्य बढ्ने महाशाखाले जनाएको छ ।

आज झापा, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro