site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कति छ काठमाडौंमा सक्रिय संक्रमितको संख्या ?

काठमाडौं । केहीदिन यता नेपालमा कोेभिड–१९ संक्रमण पुनः बढ्न थालेको छ । संक्रमण बढेसँगै सरकारले सचेत रहन नागरिकलाई आग्रह गरिसकेको छ । 

नेपालमा पछिल्लो तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या दुई हजार ९७१ रहेको छ । यसमध्ये काठमाडौं उपत्यकामा मात्रै १९ सय ९१ सक्रिय संक्रमित छन् । 

काठमाडौंमा हाल १६२२ सक्रिय संक्रमित छन् । ललितपुरमा २८५ र भक्तपुरमा ८४ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

संक्रमणको दर बढेपछि विमानस्थल तथा नाकामा कढाई गर्न मन्त्रालयले विज्ञप्ति जारी गरेर आग्रह गरिसकेको छ भने भीडभाड हुने स्थानमा मास्क लगाउन भनेको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ०७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro