site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनसीसी बैंकले ल्यायो ‘एनसीसी प्रफुल्ल मुद्दति खाता’ योजना, १० गुणासम्म रकम फिर्ता पाइने 
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दति खाता’ संचालनमा ल्याएको छ । बैंकले व्यक्तिगत निक्षेपकर्ताका लागि ६ वर्ष ४ महिना २५ दिनदेखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताका लागि ७ वर्ष १ महिना १२ दिनदेखि २४ वर्ष ११ महिना २ दिनसम्मको मुद्दति खाता योजना ल्याएको हो ।

यो योजनामा रकम जम्मा गरे अनुसार दोब्बरदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाइनेछ । पहिलो वर्षका लागि ५ लाख रूपयाँसम्मको दुर्घटना बिमा र २ लाख रूपयाँसम्मको घातक रोग बिमा सुविधासमेत रहेको बैंकले जानकारी दिएको छ ।

एनसीसी बैंकले ७ वटै प्रदेशका विभिन्न स्थानमा १५६ शाखा, १५ एक्स्टेन्सन काउन्टर र १३३ एटीएम बुथमार्फत सेवा दिँदै आएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्