site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘शमशेरा’को ट्विटर रिभ्यूः दर्शकले हलबाटै दिए शमशेरालाई प्रतिक्रिया 

मुम्बई । अभिनेता रणबीर कपूरको चलचित्र ‘शमशेरा’ आजबाट रिलिज भएको छ । चलचित्रको फर्स्ट लुक पोस्टर रिलिजदेखि नै यो चलचित्र र रणबीरको चर्चा थियो । ट्रेलरले झनै दर्शकमा उत्सुकता पैदा गरिदिएको थियो । 

अन्ततः आजबाट हलमा लागेको चलचित्रबारे दर्शकले राम्रै प्रतिक्रिया दिइरहेका छन् । हालसम्म चलचित्र हेरेका दर्शकले ट्विटरमार्फत राम्रो प्रतिक्रिया दिइरहेका छन् । 

दर्शकले ट्विटरमार्फत चलचित्रको हरेक दृश्यले उत्सुक्ता जगाउनेभन्दै ‘मस्ट वाच’ चलचित्र भएको लेखिरहेका छन् । कतिले चार वर्षपछिको रणबीरको कमब्याकको तारिफ गरिरहेका छन् । चलचित्रको सिनेम्याटोग्राफी र रणबीरको लुकको तारिफ गरिरहेका छन् । 

करण मल्होत्राको निर्देशन रहेको चलचित्रमा रणबीरका साथै सञ्जय दत्त र वाणी कपूर मुख्य भूमिकामा छन् । चलचित्रमा रणबीरले बुबा र छोरासहित डबल रोल निभाएका छन् । शमशेरा भारु १५० करोड बजेटमा बनेको चलचित्र हो । नवभारत टाइम्स
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro