site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली यु–२० टोली आज भारत प्रस्थान  

काठमाडौं । साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिपका लागि नेपाली युवा फुटबल टोली आज भारत प्रस्थान गरेको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज आफ्नै मुख्यालयमा बिदाई गरिएको छ । नेपाली टोली आजै भारतको भुवनेश्वर जानेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत पदाधिकारीले बिदाई गरे ।

साफ च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन् । च्याम्पियनसिपका लागि  नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि नै २३ सदस्यीय युवा टोलीको घोषणा गरेका छन् ।

प्रतियोगितामा नेपालको कप्तानी राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका मिडफिल्डर आयुष घलानले गर्नेछन् । नेपाली टोलीले प्रतियोगिताको तयारी स्वरुप त्रिभुवन आर्मी क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो । अभ्यास खेलमा घाइते भएका दीपेश राईको स्थानमा फरवार्ड रोहित सुब्बालाई टिममा बोलाइएको छ । 

चोटग्रस्त दीपेश कम्तिमा तीन महिना मैदान बाहिर रहनेछन् । कुर्कुचामा समस्या देखिएपछि उनको उपचार बीएण्डबी अस्तपतालमा भइरहेको छ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिष्पर्धा गर्नेछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro