site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युनाइटेड आएकामा पछुतो छैन : भरान

काठमाडौं । म्यानचेस्टर युनाइटेडका रक्षक राफेल भरानले रियाल मड्रिड छाडेर ओल्ड ट्राफोर्ड आएकामा आफूलाई कुनै पछुतो नभएको बताएका छन् ।

फ्रान्सका २९ वर्षीय भरान गएको सिजन युनाइटेडसँग अनुबन्ध भएका थिए । तर, चोटका कारण युनाइटेडमा भरानको डेब्यु सिजनमा छायामा पर्‍यो । रियाल छोडेपछि भरानले चौथोपटक ला लिगा र पाँचौँ च्याम्पियन्स लिग उपाधि जित्ने मौका गुमाएका थिए ।

गलत क्लब छनोट गरेको हो कि भन्ने प्रश्नमा भरानले बीबीसी स्पोर्ट्ससँग भने, “होइन, बिल्कुल होइन ।’’

भरानले थपे, “फुटबलमा आफैँलाई चुनौती दिनुपर्छ र सुधार गर्ने प्रयास गर्नुपर्छ । म १० वर्षपछि पनि त्यही ठाउँ अर्को अनुभव बाँच्न चाहन्छु । प्रिमियर लिग एकदमै सानदार छ । युनाइटेड उत्कृष्ट क्लब हो । मेरो निर्णयमा कुनै शंका थिएन ।’’

भरान सन् २०११ मा रियालमा अनुबन्ध भएका थिए । युनाइटेडले गएको सिजन छैटौँ स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । युनाइटेड उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलभन्दा धेरै पछाडि परेको थियो ।

यद्यपि, नयाँ प्रशिक्षक एरिक टेन ह्यागको आगमनपछि युनाइटेडले नयाँ सिजन राम्रो गर्ने विश्वास गरिएको छ । भरान पनि त्यसमा आशावादी देखिएका छन् ।

“यो नयाँ सिजन हो । नयाँ सुरुआत हो,’’ भरानले भने, “आत्मविश्वास महत्त्वपूर्ण हुन्छ । हामीले केही खेल हारेपछि आत्मविश्वास गुमायौँ । तर, मलाई लाग्छ, हामीसँग ठूलो क्षमता छ । नयाँ प्रशिक्षक धेरै सकारात्मक छन् । यो फुटबल हो, जुन हामी साँच्चै रमाइलो गर्दै र्छौँ । त्यसैले यो राम्रो सुरुआत हो ।’’

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro