site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालका उमेशले जिते रजतपदक

काठमाडौं । नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले बुधबार नेपालका लागि रजतपदक जित्न सफल भएका छन् । उनले मालदिभ्समा आयोजना भएको ५४औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपको ८० किलो तौलसमूहमा रजतपदक प्राप्त गर्न सफल भएको टोली ब्यवस्थापक एवं संघका उपाअध्यक्ष दिनेश राजभण्डारीले बताए । 

८ खेलाड सहभागी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाईल्याण्डका पतैवात अलकावातले काश्य पदक प्राप्त गरेका थिए 

यसअघि फिटनेस फिजिकतर्फ १७० सेन्टिमिटरसम्मको प्रतिस्पर्धामा राजु राईले नेपालका लगि काश्य पदक जितेका थिए । तीन खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपमा महिलातर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैटौं स्थान हात पार्न सफल भएको राजभण्डारीले माल्दिभ्सबाट जानकारी दिए ।

खेलाडीहरूको मनोबल उच्च राख्न नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेश संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले रजतपदक प्राप्त खेलाडीलाई १ लाख र काश्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेको समेत ब्यवस्थापक राजभण्डारीले बताए । 

यसै क्रममा नेपालले २०२३ मा ५५औं एशियन शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने भएको छ । त्यसका लागि नेपालका तर्फबाट अध्यक्ष राजेशबाबु श्रेष्ठ र एशियन फेडेरेशनका तर्फबाट दातुक पउल चुवाले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

प्रतियोगितामा भारतका एतीनदर सिंहले मि. एशियाको उपाधी जितेका थिए । नेपाली टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको ब्यवस्थापक राजभण्डारीले जानकारी गराए ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro