site stats
बाह्रखरी :: Baahrakhari
देश
गोदावरी र काठमाडौंका केही स्थानमा भारी वर्षा
फाइल तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । देशका विभिन्न भू–भागमा भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार गोदावरी र काठमाडौं उपत्यकाको केही स्थानमा भारी वर्षा भइरहेको छ । 

गोदावरी खोला, हुनुमन्तेलगायत नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ । खोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भएकाले बिहान ९ बजेसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०५:२५
प्रतिक्रिया दिनुहोस्