site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सयपत्री हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने, कहिलेदेखि आवेदन दिन सकिन्छ ?
सांकेतिक तस्बिर ।

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा विक्री नभएको १ लाख २१ हजार ६० कित्ता थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्ने भएको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ ।

बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरे साउन २७ गतेसम्म आवेदन दिने समय थप गरिनेछ ।

आईपीओमा सी–आस्बा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै, मेरो सेयर वेबसाइट र एपमार्फत पनि आवेदन दिन सकिनेछ । यो आईपीओ विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आईएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले बागलुङ जिल्लामा २.५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro