site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मल्टीब्राण्ड सपिङ स्टोर ‘बिग डिजिटल’को शुभारम्भ

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ स्टोर बिग डिजिटलको बुधबारदेखि शुभारम्भ भएको छ । नायिका तथा यस स्टोरकी ब्राण्ड दूत स्वस्तिमा खड्काले ललितपुरको  ग्वार्कोस्थित ग्वार्को कम्प्लेक्समा रहेको यस स्टोरको एक समारोहकाबीच उद्घाटन गरेकी हुन् ।

समारोहमा बोल्दै खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरू ग्राहकलाई पस्कदै निरन्तर प्रगतिको शिखर आरोहण गर्दै जान शुभकामना दिइन् ।

त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरू सहज र सरल ढंगले नेपाली ग्राहकहरूलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको जानकारी दिए । “नेपाली ग्राहकहरूको बदलिदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ क्षेत्रमा नै नयाँ मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौ ।”

उक्त सपिङ स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्यवादन लगायतका उत्पादनहरू उपलब्ध छन् ।

ग्राहकहरूले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरूको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी उनीहरूले खरिद गरेको सामानको घरमा निःशुल्क डेलिभरी र जडानको सुविधा पनि पाउनेछन् ।

बिग डिजिटलको काठमाडौं उपत्यकामा चार नयाँ ठाउँमा आफ्नो स्टोरहरू विस्तार गर्ने अल्पकालीन योजना छ । यस्तै यसको दीर्घकालीन योजना देशका सातवटा प्रदेशहरूमा नयाँ स्टोरहरूको स्थापना गर्नु रहेको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro