site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सम्पत्ति विवरण बुझाउन विराटनगरका जनप्रतिनिधिलाई ताकेता 

विराटनगर । विराटनगर महानगरपालिकाले निर्वाचित जनप्रतिनिधिलाई आफ्नो सम्पत्ति विवरण पेस गर्न आग्रह गरेको छ । कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम र निर्वाचित जनप्रतिनिधिहरूलाई आफ्नो सम्पत्ति विवरण पेस गर्न सूचना जारी गरिएको हो ।

कर्मचारीले आर्थिक वर्ष २०७८/०७९ को कार्यसम्पादन फाराम यही साउन ७ गतेसम्म दर्ता गराई प्रशासन शाखामा बुझाउनुपर्नेछ ।

स्थानीय जनप्रतिनिधि तथा कर्मचारीले ०७९ भदौ १० गतेसम्म सम्पत्ति विवरण फाराम भरेर बुझाउनुपर्ने महानगरले जनाएको छ ।

निर्वाचित भएपछि जनप्रतिनिधिले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ । जनप्रतिनिधिले सरकारले तोकबमोजिमको पारिश्रमिक, बैठक भत्ता, सवारीसाधन, इन्धन र अरू सरकारी सुविधा लिने गरेका छन् ।

विराटनगर महानगरमा एक प्रमुख, एक उपप्रमुख, १९ वडामा वडाध्यक्ष तथा सदस्य गरी प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको संख्या ९७ जना छ । तीन कार्यपालिकामा मनोनीत समेत गरी जनप्रतिनिधिको कुल संख्या १०० छ । यी सबै सदस्यले सरकारी सुविधा पाउँछन् ।

कार्यपालिकामा रहेका २९ मध्ये २७ सदस्यले वडाध्यक्षले पाउनेजत्तिकै सुविधा पाउने व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro