site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानको पन्जावमा इमरान खानको पार्टीको सानदार जित

इस्लामावाद । पाकिस्तानको पन्जाव राज्यमा भएको उपचुनावमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले सातदार जित निकालेको छ । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)लाई पराजित गर्दै खानको पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)ले सानदार जित निकालेको हो ।

पीटीआईले २० मध्ये १५ सिट जितेको छ । पन्जाव पाकिस्तानको महत्वपूर्ण राज्य हो ।

यस चुनावी परिणामलाई सन् २०२३ को अक्टोबरमा हुने आमनिर्वाचनमा इमरान खानको स्थितिको सम्भावित नमुनाको रूपमा पनि लिन सकिने बीबीसीले उल्लेख गरेको छ ।

झण्डै चार वर्ष पाकिस्तानको प्रधानमन्त्री बनेका खान गत अप्रिलमा अविश्वास प्रस्तावबाट हटेका थिए । 

पन्जावको चुनावी परिणाम पीएमएल–एनको नेतृत्व गर्ने वर्तमान प्रधानमन्त्री शहवाज सरिफका लागि ठुलो धक्का हो । पहिल्यै कमजोर रहेको उनको गठबन्धन सरकारको भाग्य अहिले एउटा धागोमा झुण्डिएको छ । 

मुद्रा अवमूल्यन र इन्धनका अभावजस्ता समस्या भोगिरहेका पाकिस्तानमा अब हुने राजनीतिक अस्थिरता नियन्त्रण भन्दा बाहिर जान सक्ने बीबीसीको रिपोर्टमा उल्लेख छ ।

पाकिस्तानकै सबैभन्दा बढी जनसंख्या भएको पन्जाव लामो समयदेखि प्रधानमन्त्री सरिफको पीएमएल–एन र तीनपटक प्रधानमन्त्री भइसकेका उनका दाजु नवाज सफीको नियन्त्रणमा रहँदै आएको थियो ।   

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro