site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय डाक्टरले दिए पाकिस्तानी किशोरीलाई ‘नयाँ जीवन’  

इस्लामावाद । पाकिस्तानी किशोरी अफसिन गुलले लामो समयदेखि घाँटी बाङ्गो हुने समस्या भोग्दै आएकी थिइन् । भारतका एकजना डाक्टरले उनलाई सो समस्याबाट मुक्त गरेर नयाँ जीवन प्रदान गरेका छन् । 

बीबीसी उर्दुका पत्रकार रियाज सोहेलले ती किशोरीको ज्यान जोगाउने उपचारका लागि गरिएको दिल्ली यात्राबारे समाचार तयार पारेका छन् ।

अधिकांश बालबालिका विद्यालयका सहपाठी र छिमेकी दौँतरीहरूसँग दौडँदै र खेल्दै हुर्कन्छन् । सम्भवत कहिलेकाही उनीहरू आफ्ना प्यारा खेलौना र घरपालुवा जनावरसँग पनि खेल्लान् । तर, पाकिस्तानको सिन्ध प्रान्त निवासी १३ वर्षीया किशोरी अफसिन गुलको जीवन भने अरुको भन्दा पृथक रह्यो । परिवारमा सात सन्तानमध्ये सबैभन्दा कान्छी उनी कहिल्यै विद्यालय गइनन्, साथीहरूसँग खेलेको अनुभव पनि उनीसँग छैन । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

दश महिने उमेरमा आफ्नी दिदीको हातबाट खसेदेखि उनको घाँटी नब्बे डिग्री कोणमा बाङ्गिन पुगेको थियो । उनका मातापिताले उनलाई डाक्टर कहाँ लगे । डाक्टरले केही औषधि लेखिदिए । घाँटीलाई सहारा दिन एउटा पेटी पनि राखिदिए । तर, उनको अवस्था झनै खराब हुँदै गयो ।

अफसिनकी आमा जमिलान विवीले पुराना दिन यसरी सम्झिइन्, “उनी खान, हिँड्न र बोल्न सक्दैनथे । जमिनमा पल्टेर बस्थिन् । हामी उनलाई चाहिएको सबै मद्दत गथ्र्यौँ ।”

सेरेव्रल पल्सिबाट पनि पीडित उनले छ वर्षको उमेरमा हिँड्न र आठ वर्ष पुग्दा बोल्न सिकेकी थिइन् । १२ वर्षसम्म उनको जीवन कराँची सहरदेखि झण्डै ३ सय किमी टाढाको मिठी सहरस्थित आफ्नो घरभित्रै सीमित रह्यो । 

तर, गत मार्चमा एजना भारतीय डाक्टरले दिल्लीमा उनको बाङ्गो घाँटीको सफल शल्यक्रिया गरी उनको जीवनमा अमूल्य खुशी दिएका छन् । 

दिल्लीस्थित एपोलो हस्पिटलका मेरुदण्डको जटिल शल्यक्रिया सम्बन्धी विशेषज्ञ डा. राजागोपालन कृष्णनले उनको निःशुल्क उपचार गरिदिएका हुन् । 

महिनौँपछि अफसिन अन्नतः आफैं हिँड्न, खान र बोल्न सक्षम भएकी छन् । शल्यिक्रिया बेलाको उनको घाउ निको भइसकेको छ । डा. कृष्णनले प्रत्येक साता स्काइपमार्फत उनको स्वास्थ्य जाँच्ने गरेका छन् । 

अफसिनका दाजु याकूव कुम्वर भन्छन्, “उनी अलि कमजोर छिन् । अझै सम्म पनि विद्यालय जान सकेकी छैनन् । तर, डाक्टरले समयसँगै सबै ठिक हुन्छ भनेका छन् । डाक्टरले हाम्रा बहिनीलाई बचाइदिएकोमा हामी निकै खुशी छौँ । हाम्रा लागि डाक्टर देवदूत नै हो ।”

डा. कृष्णन भन्छन्, “अफसिन एटलान्टो–एक्जिल रोटटरी डिस्लोकेसनबाट पीडित छिन् । यसले घाँटीलाई चोट पु¥याउने गर्दछ । सम्भवत यो विश्वकै पहिलो घटना हो ।”

सन् २०१७ मा एउटा न्युज वेबसाइटमा अफसिनको बारेमा लेख सार्वजनिक भएपछि उनको अवस्थाबारे विश्वको ध्यान आकर्षण भएको हो ।

बीबीसीबाट ।        
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro