site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जेलेन्स्कीले गरे गुप्तचर प्रमुख र महान्यायाधिवक्तालाई निलम्बन 

किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले मुलुकको गुप्तचर निकाय (एसबीयू)का प्रमुख र महान्यायाधिवक्तालाई निलम्बन गरेका छन् । 

उनीहरूलाई शक्तिशाली संगठनमा रहेर थुप्रै देशद्रोही काम गरेको आरोप लगाउँदै निलम्बन गरिएको हो । 

कारबाहीमा परेका अधिकारी इभान बाकानोभ र इरिना भेनिदक्तोभाले कुनै पनि प्रतिक्रिया जनाएका छैनन् ।

जेलेन्स्कीका अनुसार अहिले रुस अधिनस्थ क्षेत्रहरूमा ६० जना भन्दा बढी युक्रेनी कर्मचारीले मुलुकविरुद्ध काम गरिरहेका छन् ।

आइतबार राति भिडियो सम्बोधन गर्दै जेलेन्स्कीले भनेका छन्, “सुरक्षा निकायका कुल ६५१ जना अधिकारीहरूलाई मिलेमतो र देशद्रोहसम्बन्धी मुद्दा चलाइएको छ । मुलुकको राष्ट्रिय सुरक्षाको जगविरुद्धको अपराधको यस्तो श्रृंखलाले संवेदनशील दुई संस्थाका सम्बन्धित प्रमुखहरूलाई गम्भीर प्रश्न खडा गर्दछ । यी प्रश्नका प्रत्येकले सही जवाफ पाउनेछ ।”

पछि टेलिभिजनमार्फत जेलेन्स्कीका वरिष्ठ सल्लाहकारहरूमध्ये एक एन्द्रिय स्मिरनोभले ती बेइमान अधिकारीहरूलाई जागिरबाट बर्खास्त नै गरिनसकेको र थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन् । बीबीसीबाट 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro