site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीले निर्मात्री पाण्डेलाई भने– मलाई ‘चिसो मान्छे’ हेर्ने मन छ

काठमाडौं । चलचित्र निर्मात्री शर्मिला पाण्डे नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । आउँदो हप्ता उनी एमालेमा प्रवेश गर्नेछिन् । “आउँदो हप्ता म टीका लगाएर एमालेमा प्रवेश गर्दै छु,” निर्मात्री शर्मिला पाण्डेले भनिन्, “सुरज र म एकसाथ एमालेमा प्रवेश गर्न लागेका हौँ ।”

कलाकारसमेत रहेका सुरज शर्मिलाका छोरा हुन् । सुरजले निर्देशन गरेको चलचित्र ‘परस्त्री’ पोष्ट प्रोडक्सनमा छ । 

शर्मिलाले राजनीति गरे पनि चलचित्र निर्माण भने नछोड्ने बताएकी छन् । राजनीति र चलचित्र निर्माणलाई सँगसँगै लैजाने उनको भनाइ छ । आफूलाई सानैदेखि राजनीतिप्रति चासो रहेको भन्दै अब राजनीतिमा सक्रिय हुने बताइन् । शर्मिला काठमाडौं २२ नम्बर वडाकी स्थायीबासी हुन् । 

आज एमाले अध्यक्ष ओलीसँग भेट गरेकी उनले केही दिन अगाडि ईश्वर पोखरेलसँग भेट गरेकी थिइन् । ओलीसँग चलचित्रका बारेमा लामो छलफल भएको उनले बताइन् ।
 
“चलचित्रका बारेमा लामो कुराकानी भयो । उहाँले चलचित्रबारे जिज्ञासा राख्नुभयो । मैले निर्माण गरेका आमा र चिसो मान्छेबारे उहाँलाई थाहा रहेछ,” शर्मिलाले भनिन्, “चिसो मान्छेबारे उहाँले अझै धेरै चासो राख्दै आफूलाई हेर्न मन लागेको बताउनु भयो । मलाई चिसो मान्छे देखाउनुपर्छ भन्नुभयो । उहाँले यति धेरै जानकारी राख्नुहुन्छ भन्ने मलाई थाहा थिएन ।” 

उनले ओलीसहित एमाले नेताहरूलाई उनीहरूको समयानुकूल पारेर चलचित्र स्क्रिनिङ गर्ने जानकारी दिइन् । ओलीले कोरोना संक्रमणको त्रासबीच पनि चलचित्र निर्माण गरेको भन्दै आफूलाई धन्यवादसमेत दिएको उनले जानकारी दिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro