site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।

उनी सरकारले आफूभन्दा १६ महिना जुनियर एआईजीलाई आईजीपी नियुक्त गरेपछि सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च अदालतले उनको रिट खारेज गरिदिएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

सरकारले धीरजप्रताप सिंहलाई प्रहरी प्रमुख बनाएपछि त्यसमा असन्तुष्टि जनाउँदै उनी सर्वोच्च पुगेका थिए ।

गएको वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

पोखरेल एआईजीमा सिंहभन्दा १६ महिना सिनियर एआईजी थिए । सिंह एआईजी बनेको एक महिना नबित्दै आईजीपी नियुक्त भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro