site stats
बाह्रखरी :: Baahrakhari
देश
विष्णुमती र धोबीखोला जलाधारमा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन गरिएको छ ।

पछिल्लो एक घण्टा विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिब १.५ मिटले बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

विष्णुमती र धोबीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भएकाले आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्