site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘दक्षिण एसियाका अन्य मुलुकले श्रीलंकाबाट पाठ सिक्नु पर्छ’ 
KFC Island Ad
Dabur Nepal
NIC Asia

कोलम्वो । श्रीलंकामा चुलिएको आर्थिक संकटको कारण विशाल जनप्रदर्शन भयो । फलत मुलुक छाडेर सिंगापुर पुगेका गोतावाया राजपाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिए । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अध्यक्षले दक्षिण एसियाका अन्य मुलुकमा पनि यस्तो समस्या आउन सक्ने चेतावनी दिएका छन् ।
 
आईएमएफका व्यवस्थापन निर्देशक क्रिस्टिालिना जर्जिएभाले भनेकी छन्, “ऋणको स्तर उच्च र सीमित नीति क्षेत्र भएका मुलुकले थप समस्या भोग्न सक्छन् । टाढै जानु पर्दैन । श्रीलंकाको चेतावनी संकेत हेरे पुग्छ । विकासशील मुलुकहरूले पनि निरन्तर चार महिनादेखि पुँजी बहिर्गमनको अनुभव गरिरहेका छन् । यसले उन्नत अर्थतन्त्रसँग मुकाविला गर्ने तिनिहरूका सपनालाई जोखिममा पारेको छ ।” 

अहिले श्रीलंकालाई आफ्नो २ करोड २० लाख जनतालाई आवश्यक खाद्यान्न, इन्धन र औषधि आयात गर्न विदेशी मुद्राको अभाव भइरहेको छ । मुद्रा अवमूल्यन करिव ५० प्रतिशत पुगेको छ । गत वर्षको तुलनामा खाद्यान्नको भाउ ८० प्रतिशतले बढेको छ । अधिकांशले पूर्व राष्ट्रपति गोतावायाले भयावह नीतिहरू सहितको अर्थतन्त्रलाई राम्ररी डोर्याउन नसक्दा यो स्थिति आएको दोष दिँदै अर्थतन्त्रलाई कोभिड महामारीले झनै खराव पारेको बताउँछन् । गत महिना श्रीलंका २० वर्ष भित्र विदेशी ऋण तिर्न नसक्ने अवस्थामा पुग्ने एसिया प्रशान्त क्षेत्रको पहिलो मुलुक बनेको थियो । 

श्रीलंकाली सरकारले आईएमएफसँग तीन अर्ब अमेरिकी डलर सहयोगका लागि वार्ता सुरु गरेका थिए । तर, राजनीतिक अस्थिर वातावरणका कारण सो वार्ता अहिले रोकिएको अवस्थामा छ । तर, यस्तै विश्वव्यापी रुपमा फैलिरहेको मुद्रा अवमूल्यन, ब्याजदरमा वृद्धि, मुद्राको अभाव तथा विदेशी मुद्रा संचितिको डाँवाडोल अवस्था जस्ता समस्याले दक्षिण एसियाका अन्य मुलुकमा पनि प्रभाव पार्न सक्ने बताइएको छ । बीबीसी    

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro