site stats
बाह्रखरी :: Baahrakhari
देश
मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । देउवाले मुक्त कमैया, हरुवा चरुवा, हलिया, भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोवासको लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन, बेरोजगारीको अवस्था हुन नदिन गठित कार्यदलले दिएको सुझावलाई ध्यानमा राखेर आवश्यक कदम चाल्न मन्त्रालयलाई निर्देशन दिए ।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा प्रधानमन्त्री देउवाले हरुवाचरुवालगायत कमैया श्रमिकको रोजगारको अवस्था सिर्जना गरी आयआर्जन बढाउने कुरामा सुधार गर्ने गरी दिगो सामाजिक, आर्थिक उन्नतिका लागि सीप र क्षमता विकास गर्दै उद्यमशील बनाउन आवश्यक रहेको बताए । 

प्रधानमन्त्री देउवाले मुक्त कमैयालाई आत्मनिर्भर बनाउन, उनीहरूको स्वतन्त्रता र स्वाभीमानलाई आत्मसम्मान गर्न तीनै तहका सरकार र सरोकारवालाहरू प्रतिवद्ध हुन आवश्यक रहेको उल्लेख गरे । 
 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्