site stats
बाह्रखरी :: Baahrakhari
देश
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । मकवानपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मनहरी गाँउपालिका ६ सुनाचुरीमा गएराति बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । 

चितवनबाट हेटौडा तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३ ००१ख १३३० नम्बरको बसको ठक्करबाट अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गएराति १० बजे भएको सवारी दुर्घटनामा संलग्न चालकलाई ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।  

 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्