site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘गठबन्धनका लागि हात बढाएको’ एमाले प्रचण्डको दिल्ली दौडपछि सशंकित हुँदैछ ?

काठमाडौं ।  “म आग्रह गर्न चाहन्छु । रापसाफ कुरा गरौं । कोही वामपन्थी हुनुहुन्छ भने आउनुस् । गल्ती भइहाल्यो ल छोडिदिउँ । एमालेसँग मिलेर अघि बढौं । देशको पक्षमा, राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा कानुनी राजको पक्षमा उभिएर सरकार बनाऔं र अघि बढौं,” नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति हो यो ।

नेकपा एमालेले आन्तरिकरुपमा गरेको छलफलमा गठबन्धनबिना संसदको निर्वाचनमा जाँदा निकै क्षति बेहोर्नुपर्ने हुन सक्ने आकलन गर्दै माओवादीसँग पार्टी एकता हुन नसके पनि वाम गठबन्धनको तयारीमा केही नेता लागेका थिए ।

नेकपा एमालेका प्रभावशाली नेताहरुका पछिल्ला अभिव्यक्ति पनि सरकारप्रति बढी आक्रामक र माओवादीप्रति केही नरम देखिन्थ्यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेकपा एमालेका पूर्वनेता वामदेव गौतम, नेकपा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतका नेताहरु अहिले पनि कांग्रेसभन्दा एमालेसँगै अघि बढ्नुपर्ने पक्षमा देखिएका छन् ।

कांग्रेसभित्र नेकपा माओवादीको विरोध भइरहेका बेला ओलीले घुमाउरो पारामा माओवादीलाई स्वागतको हात बढाउने संकेत गरेका थिए ।

सोही कार्यक्रममा उपस्थित नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले त एमाले र माओवादीबीचको एकता वा सहकार्यको विकल्प नभएको बताए ।

“अहिले पनि वामपन्थी शक्तिहरु दुई तिहाईभन्दा बढी छन् यो देशमा । अहिलेको विभाजन र चिराचिराको अवस्थालाई छोडिदिने हो भने र एकतावद्ध गर्ने हो भने अनि राष्ट्रियताको रक्षा गर्नका निमित्त पनि देशभक्तिपूर्ण आन्दोलनको अगुवाई गर्ने शक्तिहरुले एकतावद्ध भएर सम्पूर्ण अरु देशभक्त शक्तिहरुलाई पनि मिलाएर राष्ट्रिय सहमति गरेर यो देशभक्तिपूर्ण आन्दोलनलाई सही दिशातर्फ अगाडि बढाउनु पर्छ,” उनको भनाई थियो, यो देशको अस्तित्व संकटमा छ । त्यसकारण देशलाई सिध्याउने काम हामीले नगरौं । त्यसको निम्ति वामपन्थीहरुको एकता आवश्यक छ । कमसेकम तालमेल, मोर्चा र त्यसपछि अर्को दिशातर्फ जानुपर्ने आवश्यकता छ । त्यसको निम्ति आदरणीय नेता कमरेड केपी शर्मा ओली यहाँ हुनुहुन्छ । अरु नेताहरु बाहिर हुनुहुन्छ । म सबैसँग विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु–तुम शेर तो, हम सवाशेर छोडिदिऊँ । आत्मसमीक्षा गरौँ, पार्टी एकताका निम्ति तत्काल आधार नबन्ला तर तालमेल गरेर अघि बढन सकिने हुन सक्छ ।” 

यी अभिव्यक्तिलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणले थप ओझेलमा पारिदिएको छ ।

भारत पुगेर उनले नेकपा एमालेसँग कुनै गठबन्धनको संकेत गरेनन् बरु अहिलेकै गठबन्धन बलियो बताउने प्रतिवद्धता जनाए ।

कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा पनि दिल्लीमा कुरा गर्दै प्रचण्डले भनेका छन्, “भारतीय नेताहरुसँग पनि अहिले कुनै सरप्राइज हुँदैन भनेको छु । यही गठबन्धन जान्छ ।”

एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले चुनावी तालमेलको तयारी गरेको भए पनि अहिले अघि नबढेको नेता सुरेन्द्र पाण्डेको टिप्पणी थियो ।

“अहिले केही टुंगो भएको छैन । परिस्थिति नै त्यस्तो बनेको देख्दिन । तत्काल त्यो विषयमा टिप्पणी गर्नु अलि हतार नै हुन्छ,” उनको भनाइ थियो ।

एमालेका एकथरी नेता प्रचण्डको भारत भ्रमणसँग बढी सशंकित देखिन्छन् । 

“प्रचण्ड त खासगरी आरजु राणा देउवासँग छलफल गर्न भारत पुगेका हुन्,” ओली निकट रहेका एमाले नेता शेरबहादुर तामाङको भनाई छ, “भारतको रोहबरमा प्रचण्ड र आरजु आधा–आधा समय प्रधानमन्त्री बन्नेगरी मिलेरै चुनावमा जाने भन्ने अनुसारको समझदारी गर्न खोजिरहनु भएको छ । त्यसैका लागि भारत गएको हामीलाई महसुस भएको छ । ती सबै कुरा तोडेर वामपन्थी एकता गर्छौँ भनेर आएमात्रै हामी लचक हुनेछौँ ।”

उनले गैर कम्युनिष्ट पार्टीसँगको सहकार्य तोडिनुपर्ने आफूहरुको पहिलो सर्त हुने बताए । “कांग्रेससँगको सम्बन्धलाई तोडेर आए हामी छलफलका लागि तयार छौँ,”उनले भने ।

तर प्रचण्डले आफ्नो भ्रमण सद्भावना भ्रमण भएको बताउँदै एमाले नेताहरुले लगाएको जस्तो आरोपमा कुनै सत्यता नरहेको बताएका छन् । उनले नेपाल–भारतसँग सम्बन्ध बढाउन आफ्नो भ्रमण केन्द्रित भएको भारतबाट फर्किने क्रममा बताएका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro