site stats
बाह्रखरी :: Baahrakhari
देश
०६८ यता सञ्चालन अनुमति नपाएका नर्सिङ कलेजलाई सीटीईभीटीले दियो तीन विकल्प 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । वि.सं. २०६८ सालअघि पीसीएल कार्यक्रम सञ्चालन गर्न सिफारिस भएका तर स्वीकृति नपाएका नर्सिङ कलेजहरू सञ्चालनका लागि सीटीईभीटीले वैकल्पिक बाटो खुला गरेको छ । सीटीईभीटीले त्यस्ता कलेजहरूलाई सञ्चालनका लागि तीनवटा विकल्प दिएको छ । 

सीटीईभीटीको असार २७ गतेको निर्णय अनुसार ती कलेजहरूले प्रमाणपत्र डिप्लोमा कुनै एक तहको कार्यक्रममा जान, एकसय शैया भएको अस्पतालसँग कम्पनी मर्ज हुन वा दुई वर्षभित्र  आफ्नै एकसय शैयाको अस्पताल तयार गर्न विकल्प दिइएको छ । ०६८ सालअघि नै पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि प्रस्तावना पेश गरी सिफारिस भएका तर आफ्नो स्वामित्वको एकसय शैयाको अस्पताललगायत मापदण्ड नपुगेका नर्सिङ कलेजहरूलाई चिकित्सा शिक्षा आयोगले सञ्चालन स्वकिृति दिएको थिएन ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्