site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भृकुटीमण्डपको गोदाममा आगलागी : आफैँ लाग्यो कि लगाइयो ? 

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित ह्वीलचियर गोदाममा लागेको आगोबारे प्रहरी अनुसन्धान जारी छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार प्रहरी वृत्त सिंहदरबारबाट अनुसन्धान भइरहेको छ । आगो आफैं लागेको हो अथवा कसैले लगाएको हो भन्ने कारण खुल्न सकेको छैन । 

प्रहरीका अनुसार समाज कल्याण परिषद्को गोदाममा राखिएका सामानको विवरण मागिएको छ । प्रहरी वृत्त सिंहदरबारका एक प्रहरीले भने, “हामीले त्यहाँ राखिएको सामग्रीको विवरण मागेका छौँ । क्षतिको विवरण हेरिरहेका छौँ । अहिले अनुसन्धान भइरहेको छ । तर, कहाँबाट कसरी आगलागी भयो भन्नेबारे खुलेको छैन ।”

आगलागीस्थलमा आइतबार गृहमन्त्री बालकृष्ण खाँणले अनुगमन गर्दै छानबिन समिति गठन गर्ने बताएका थिए । मन्त्रालयले आगलागी शंकास्पद रहेको भन्दै छानबिन समिति गठन गर्ने मन्त्री खाँणले बताएका थिए । 

गत असार २९ गते दिउँसो भएको आगलागीमा अपांगता भएका व्यक्तिका लागि राखिएका कृत्रिम मानव अंग सामग्रीहरु जलेका थिए । क्षति भएका सामानहरू मन्त्रालयले नै उपलब्ध गराउने जनाइएको छ । 

गोदाम, राष्ट्रिय अपांग कोषको कार्यालय र अपांगहरूका लागि चाहिने सामानहरू नष्ट भएको जनाइएको छ । आगलागीबाट करोडौंको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro