site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक रोजगार विभागमा प्रहरी डीएसपी कमाण्डको टोली परिचालन, यसरी गर्दै छ पीडितको काम

काठमाडौं । वैदेशिक रोजगार विभागमा नेपाल प्रहरीका डीएसपी कमाण्डको टोली परिचालन गरिएको छ । तत्कालीन मन्त्री किसान श्रेष्ठको पहलमा डीएसपी कमाण्डको टोली विभागमा खटिएको छ ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका डीएसपी नवराज मल्लसहित आठ जनाको टोली विभागमै खटिएको छ । विभागका निर्देशकको सम्वन्यमा प्रहरीले काम गर्दै आएको छ ।

वैदेशिक रोजगारीका क्रममा ठगीने क्रम बढेपछि अनुसन्धानमा सहजताका लागि प्रहरी खटाइएको हो । प्रहरीले कन्सलटेन्सी र भिजिट भिषामा हुने मानव तस्करीका घटनाको अनुसन्धान गर्दै आएको छ । मेनपावर व्यावसायीमाथिको अनुसन्धान भने विभाग आफैंले गर्दै आएको छ ।

प्रहरी खटिएपछि पीडितहरुका समस्या समाधानमा सहज भएको विभागका खटिएका डीएसपी नवराज मल्लले बताए ।

उनका अनुसार दैनिक ३० जनाभन्दा बढीले प्रहरीसँग सहयोग माग्ने गरेका छन् । उनले भने, “विभागका महानिर्देशककै अधिकार प्रयोग गरेर हामीले काम गरिरहेका छौं । भिजिट भिसा, शैक्षिक परामर्शका नाममा ठगीमा परेकाहरु विभागमा आएर प्रहरीलाई भेट्न सक्छन् ।”

मानव तस्करी र वैदेशिक रोजगारीमा हुने ठगी एकै प्रकृतीका हुने भएकाले आपसी सम्वन्यमा काम भइरहेको डीएसपी मल्ल बताउँछन् । पछिल्लो समय मलेसियालगायत खाडी मुलुकमा वैदेशिक रोजगारीका नाममा भिजिट भिषामा जाने र त्यहाँ गएर बेचविखनमा पर्ने समस्या बढ्दै गएको प्रहरी निस्कर्ष छ ।

विभागमा प्रहरी टोली खटिएपछि आठवटा मुद्दा बुझाइएको र विगो हर्जानासहित ११ करोड ५० लाख बढी मागदाबी गरिएको ब्यूरोले जनाएको छ ।

यसबाहेक ब्यूरोले अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने शंकास्पद व्याक्तिमाथि पनि निगरानी राखेको छ । भिजिट भिषाको प्रयोग गरी विदेश जान लागेका व्यक्तिलाई विमानस्थलमा नियन्त्रणमा लिएर सोधपुछ गर्दै आएको ब्यूरोले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro