site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा १३ वर्षीया बालिका बलात्कृत, एकजना पक्राउ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कास्कीमा १३ वर्षीया बालिकामाथि बलात्कार गरेका आरोपमा एकजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१३ बस्ने पर्वत कुश्मा नगरपालिका–६ घर भएका २४ वर्षीय खिमबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

बिकले ती बालिकालाई फकाई सोही महानगरपालिका–५ लब्लीडाँडामा लगेर  बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्