site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा गहना र नगद चोरी गरेको आरोपमा पक्राउ 

काठमाडौं । मोरङमा सुनका गहना तथा नगद चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

सुनका विभिन्न गहना र नगद ४६ हजार रुपैयाँ चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विराटनगर महानगरपालिका–८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनामा संलग्न उनलाई एक थान मंगलसुत्र, एक थान चेन, चार थान झुम्का, एक थान लकेट, १२ आनाको औंठी, एक थान तिलहरी तथा चाँदीको पाउजु र दुई थान सिक्रीसहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनी यसअघि पनि चोरी मुद्दामा सजाय पाइसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ  । 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्