site stats
बाह्रखरी :: Baahrakhari
देश
क्यूआर कोडसहितको खोप प्रमाणपत्र लिइसक्नुभयो ? बुस्टर डोजको विवरण यसरी थप्नुहोस् 

काठमाडौं । कोभिड–१९ विरुद्धको दुवै डोज खोप लगाए पनि कतिपय अवस्थामा बुस्टर डोजसहितको विवरण आवश्यक पर्छ । दुई डोज खोप लगाएर लिएको प्रमाणपत्रमा बुस्टर डोज लगाएको विवरण कसरी थप्ने ? 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपसम्बन्धि सम्पूर्ण प्रक्रियाका लागि तोकेको साइट (https://vaccine.mohp.gov.np/)मा गएर ‘प्रमाणिकरणका लागि आवेदन फारम’ क्लिक गर्ने । त्यसपछि ‘प्रमाणिकरणको स्थिति’ बटनमा क्लिक गरी दर्ता नम्बर भर्ने र ‘खोज्नुहोस’ मा क्लिक गर्ने । त्यसपछि तलपट्टी देखाइएको ‘सर्च पेज’मा क्लिक गर्ने र खोज्नुहोस् भन्ने विकल्पमा दर्ता नम्बर वा परिचयको प्रकार र मोबाइल नम्बर राखी ‘खोज्नुहोस्’ मा क्लिक गर्ने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसपछि तलपट्टी देखा परेको ‘अतिरिक्त डोज प्रविष्ट गर्नुहोस्’मा क्लिक गर्ने बुस्टर मात्रा खोप लगाएको भए ‘म यो प्रक्रियामा अगाडि बढ्न तयार छु’ बटनमा क्लिक गर्नुपर्छ ।  खुलेको फारमको खोप विवरणमा पहिलो र दोस्रो मात्रामा जस्तै ‘अतिरिक्त डोज सम्बन्धी जानकारी’ भर्ने र ‘अद्यावधिक गर्नुहोस्’ बटनमा क्लिक गर्नुपर्छ । त्यसपछि बुस्टर डोजको विवरणसहितको खोप प्रमाणपत्र तयार हुन्छ । 


 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्