site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तस्विरमा साउनको पहिलो सोमबार 

काठमाडौं । साउनको पहिलो सोमबार (आज) देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । शिव मन्दिरहरूमा पूजा–अर्चनाका लागि श्रद्धालुको भीड लागेको हो ।

काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा पनि भक्तजनको उल्लेख्य भीड छ । साउन महिना विशेष गरेर आशुतोष भगवान् (महादेव)को प्रिय महिना भएकाले साउनको सोमबार विशेष पूजा–आराधना गर्ने गरिन्छ ।

सोमबारका दिन पूजा–आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ । यो वर्ष साउनमा पाँच सोमबार रहेको र पहिलोपटक व्रत लिनेहरूले पाँच सोमबार परेको वर्षमा व्रत बस्नु उचित हुने शास्त्रीय वर्णन छ ।

पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकाले महिलाले यसलाई बढी महत्त्व दिन्छन् । ज्योतिषशास्त्रानुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमबार गरिने शिवको व्रत–पूजा विशेष फलदायी हुने मान्यता छ ।

यसदिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ ।

काठमाडौं उपत्यकाका प्रमुख शिवालय पशुपतिनाथसहित किराँतेश्वर, गोकर्णेश्वर, सन्तानेश्वरलगायत मन्दिरहरूमा भक्तजनको भीड लागेको छ ।

 

तस्विर : अभिषेक महर्जन

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro