site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंका यी स्थानमा छ ट्राफिक जाम
प्रतीकात्मक तस्विर

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सवारी आवगमन प्रभावित भएको छ । गौशाला क्षेत्रमा सबैभन्दा धेरै ट्राफिक जाम रहेको छ । 

गौशाला, गौरीघाट, पिंगलास्थान क्षेत्रमा सवारी साधन क्युमा चलिरहेका ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । आज साउन महिनाको पहिलो सोमबार भएकाले गौशालास्थित पशुपतिनाथ मन्दिर दर्शन गर्न जानेहरूको घुइँचो बढेका कारण उक्त स्थानमा सवारी साधनको आवगमन प्रभावित भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हनुमानढोकास्थित सानो पशुपति र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा पनि दर्शनार्थीको घुइँचो रहेको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ । 

गौशाला, जयबागेश्वरी, पिंगलास्थान, वनकाली क्षेत्रबाहेक उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ ।

विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य तवरलेनै संचालन भइरहेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्