site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सवारी दुर्घटनामा एकजनाको मृत्यु, चार घाइते

बाँके । बाँकेमा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । बाँकेको राप्ती सोनारी गाँउपालिका ७ निबुवाटारमामा हिजो बेलुकी पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकलसमेत पल्टिदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा पैदलयात्री राप्तीसोनारी गाँउपालीका ५ बिनौनाका अन्दाजी ५० पर्षीय बुचु थारु रहेको प्रहरीले जनाएको छ ।

जरैयाका अन्दाजी २३ वर्षीय नवीन बुढामगरले चलाएको भे ७ प १५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट हिजो बेलुकी सवा ८ बजे, घाइते भएका थारुको उपचारको क्रममा नेपालगंजस्थित भेरी अस्पतालमा राती ९ बजे मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका चालक बुढामगरलाई भने उपचारको लागि नर्सिङहोम नेपालगंज पठाइएको छ ।

कोहलपुर नगरपालिका १४ पार्वतिपुरमा गएराति पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक बाँके कोहलपुर नगरपालिका १२ का २८ वर्षिय गणेश सापकोटा, मोटरसाइकलमा पछाडि सवार जानकी गाँउपालिका ६ का १६ वर्षिय बब्लु तेली र पैदलयात्री स्थानीय ५५ वर्षिय सुन्दर चौहान रहेका छन् । 

घाइते तीनजनाको नर्सिङहोम नेपालगंजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये चालक सापकोटा र पैदलयात्री चौहानको अवस्था भने गम्भीर रहेको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro