site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशभरका शिवालयमा भीड
फाइल तस्बिर ।

काठमाडौं । साउनको पहिलो सोमबार (आज) देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । शिव मन्दिरहरूमा पूजा–अर्चनाका लागि श्रद्धालुको भीड लागेको हो ।

काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा पनि भक्तजनको उल्लेख्य भीड छ । साउन महिना विशेष गरेर आशुतोष भगवान् (महादेव)को प्रिय महिना भएकाले साउनको सोमबार विशेष पूजा–आराधना गर्ने गरिन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सोमबारका दिन पूजा–आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ । यो वर्ष साउनमा पाँच सोमबार रहेको र पहिलोपटक व्रत लिनेहरूले पाँच सोमबार परेको वर्षमा व्रत बस्नु उचित हुने शास्त्रीय वर्णन छ ।

पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकाले महिलाले यसलाई बढी महत्त्व दिन्छन् । ज्योतिषशास्त्रानुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमबार गरिने शिवको व्रत–पूजा विशेष फलदायी हुने मान्यता छ ।

यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ ।

काठमाडौं उपत्यकाका प्रमुख शिवालय पशुपतिनाथसहित किराँतेश्वर, गोकर्णेश्वर, सन्तानेश्वरलगायत मन्दिरहरूमा भक्तजनको भीड लागेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro